बारामा यातायात व्यवस्थापन कार्यालयको स्थापना

बारा । बाराको कलैया उपमहानगरपालिका– ३ गंगापुरमा रहेको शैक्षिक तालीम केन्द्रमा यातायात व्यवस्था कार्यालयको समुद्घाटन गरिएको छ । सोमबार मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले उक्त कार्यालयको समुद्घाटन एक कार्यक्रमबीच गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै उनले मधेस प्रदेश सरकारको योजना अनुरूप बारामा यस कार्यालयको स्थापना गरिएको बताए । उक्त कार्यक्रममा मधेस प्रदेशको ६ वटा जिल्लामा यातायात व्यवस्था कार्यालय रहेकोसमेत उनले जानकारी गराए । उनले बारा र सर्लाहीमा अब मात्र यो कार्यालय न रहेकाले स्थापना गरेको र सेवाग्राहीलाई सहजता हुने बताएका थिए ।

उनले मधेस प्रदेशको हरेक जिल्लाबाट सेवाग्राहीको लागि प्रदेश सरकार सेवा दिन कटीबद्ध रहेको बताएका थिए । साथै उनले देशमा संघीयता रहे मात्र मधेसको विकास हुने जिकिर गरे ।

उक्त कार्यक्रममा निवर्तमान प्रतिनिधिसभा सदस्य रामबाबु कुमार यादव, संविधानसभा सदस्य प्रमोद गुप्ता, प्रदेशसभा सदस्य रविन्द्र दास श्रेष्ठ, महम्मद समीर, निवर्तमान प्रदेशसभा सदस्य पारस साह, कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साह, नेकपा माओवादी केन्द्रका युवा नेता मुकेश साह, नेपाली कांग्रेसका राजेश सिंह , जनमत पार्टीका शिवनाथ पटेल, विवेकशिल साझा पार्टीका डा सुशील साहलगायतकाले मन्तव्य व्यक्त गरेका थिए । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षता सप्पन्न कार्यक्रमको सञ्चालन मुकेश प्रजापतिले गरका थिए ।

प्रतिक्रिया