सिरहा । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध कपडासहित ६ जनालाई सिरहा सशस्त्र प्रहरीले पक्राउ गरेको छ । जिल्लाको लहान नगरपालिका– ३ अस्पताल चोक नजिकबाट सशस्त्र प्रहरी बलको मोबाइल गस्ती टोलीले भारतबाट अवैधरूपमा ल्याउँदै गरेको ४ लाख ५८ हजार मूल्य बराबरको कपडासहित ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–४ की ३० वर्षीया सुनिता देवी साह, ५५ वर्षीया बच्कुन देवी, भगवानपुर गाउँपालिका– ५ की सीता साह, ३८ वर्षीय श्रीदेव यादव, सप्तरी सुरुंगा नगरपालिका– ७ की बविता देवी साह रहेको प्रहरीले जनाएको छ ।
कपडा बोकेको गाडीका चालक र सहचालक सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका छन् । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको छ भने कपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया