राजगढ गाउँपालिकाको नव निर्मित भवन उद्घाटन

सप्तरी । राजगढ गाउँपालिकाले आफ्नो नव निर्मित कार्यालय भवनको उद्घाटन गरेको छ । एक कार्यक्रमकाबीच आइतबार गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले पानसमा दिप प्रज्वलन गरेपश्चात् रिवन काटेर आफ्नो पालिकाको भवन उद्घाटन गरेका हुन् ।

गाउँपालिका– ३ स्थित कुल ५ कठ्ठा १४ धुर क्षेत्रफलमा ११ कोठाको दुई तले नव निर्मित भवन पाँच करोड ५० लाख लागतमा तयार भएको गाउँपालिकाका इन्जिनियर अजाय यादवले जानकारी दिए । उक्त भवनको डिपिआर ४ तलेको भए पनि तत्काल गाँउपालिकाले दुई तलाको मात्रै टेन्डर गरेको थियो ।

भवन निर्माण कार्यको काम थालेको २ वर्ष ६ महिनामा पुरा गरे पनि तुलसी भक्त कंसटक्सनका प्रतिनिधि दिपेन्द्र यादवले आज उद्घाटन समाहरोबीच गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डललाई भवन हस्तान्तरण गरेको छ ।

भवन उद्घाटन समारोहमा गाउँपालिकाकी उपाध्यक्ष रेणुकुमारी मण्डल, ६ वटै वडाका वडाध्यक्षहरु, कर्मचारी, राजनीतिकर्मी, पत्रकारलगायतका स्थानीय जनताहरुले ताली बजाएर शुभकामनासहित उत्साह प्रदान गरिएको थियो । उक्त भवनको लागि जग्गा भने पूर्व गाउँपालिकाका अध्यक्ष परमान्द यादवले दान दिएका हुन् ।

प्रतिक्रिया