काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्व २६ करोड ७५ लाख ९१ हजार ७१६ रुपैयाँको ५ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ० दशमलव २६३ प्रतिशतले हुन आउने रकम पचासी लाख अन्ठानब्बे हजार नौ सय पच्चीस र पैसा सन्ताउन्ननगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । साथै आव ०७९÷८० को वित्तीय विवरण पारित गरिएको प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीले बताए ।
प्रतिक्रिया