अमेरिकामा गोली आक्रमण : तीन जनाको मृत्यु, एक घाइते

न्युयोर्क । संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाए अनुसार आक्रमणमा परेका २० वर्षीय तीनजना पुरुष घटनास्थलमा मृत फेला परेका थिए भने अर्का एक जना घाइते अवस्थामा भेटिएका थिए । घाइतेलाई अस्पताल पुर्याइएको छ । घटना लागुऔषध कारोबारसँग जोडिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन भने गोली प्रहार बारे अनुसन्धान जारी छ । गैरनाफामुखी अनुसन्धान समूह ‘गन भाइलेन्स आर्काइभ’ ले जनाए अनुसार अमेरिकामा यस वर्ष डिसेम्बर ९ सम्ममा ६३४ जना सामूहिक गोली आक्रमणको शिकार बनेका छन् ।

प्रतिक्रिया