राजविराज । सप्तरी प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको सुरुङा नगरपालिका– ५ कुशहा टोल बस्ने २७ वर्षका उमेशप्रसाद चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कडोरवाना बाट खटिएको प्रहरी टोलिले सुरुङा नगरपालिका– ५ कुशाहा टोल सडकखण्डमा शंका लागि शरिर खानतलासी गर्दा चौधरीले लगाएको जिन्स पाइन्टको गोजीबाट ०.३५ एमजी ब्राउन सुगर जस्तो पदार्थ बरामद भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए ।यस सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया