कांग्रेसको लेखा समितिमा चार सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिमा चारजना सदस्य मनोनयन गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले विधान, २०१७ (संशोधनसहित)को धारा ३९ तथा नियमावली २०७६ को नियम ३४ (१) को व्यवस्थाबमोजिमको कार्य गर्ने गरी सदस्यहरु मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

देउवाले सदस्यहरुमा धनुषाका दिलीप ढुंगाना, अर्घाखाँचीका डा. डेविड बस्याल, मकवानपुरका रमेश नेपाल र सिन्धुलीका अनन्त कार्कीलाई मनोनयन गरेका हुन् । लेखा समितिको संयोजकमा केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरे छन् ।

प्रतिक्रिया