भुकम्पबाट जसोतसो जोगिए, तर चिसोले लियो ११ जनाको ज्यान

रुकुम पश्चिम । एक सातामै चिसोका कारण ११ जना भुकम्प प्रभावितको ज्यान गएको छ । जाजरकोट भूकम्पमा ज्यान जोगाएका ११ जना पालमुनि बस्दै आएका थिए । उनीहरुले भुकम्पबाट त ज्यान जोगाए तर पालमुनि रात कटाउँदा अत्यधिक चिसोका कारण ज्यान जोगाउन सकेनन् ।

जाजरकोटमा मात्रै ११ जना दीर्घरोगीसहित वृद्धवृद्धाको चिसोको कारण ज्यान गएको हो । गत कार्तिक १७ गते गएको भुकम्पका कारण घरमा क्षति पुगेपछी त्रिपालमा बस्दै आएका उनीहरुको मृत्यु भएको हो । भुकम्पका कारण रुकुम पश्चिम र जाजरकोटमा हजारौँ मानिसहरु त्रिपालमा बस्दै आएका छन् ।

चिसोका कारण मृत्यु हुनेहरुमा नलगाड नगरपालिका–४ का ७७ वर्षीय गोपालबहादुर रावल र ४८ वर्षीया पम्फा रावल बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४, जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिंहले ज्यान गुमाएका छन् । त्यस्तै, बारेकोट गाउँपालिका–१ बयालाका ६० कर्णवीर विक, बारेकोट–६ ताँसीका ५५ वर्षीय वीरबहादुर विक र जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपालीको पनि ज्यान गएकाे छ ।

छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरी–४ का ५२ वर्षीय केशव भडेल र नलगाड–८, टापुकी ७० वर्षीया विष्णुकुमारी खत्री र सुगली दमरोगी हुन् भने ६० वर्षिया र ५५ वर्षिया विकको ज्यान पखाला लागेर गएको हो । त्यस्तै अन्य चार जना दमरोगी हुन् । भने ४८ वर्षिय फोक्सोको दीर्घरोगी हुन् ।

भुकम्प प्रभावित क्षेत्रमा चिसोका कारण अधिकांश मानिस बिरामी पर्न थालेका छन । भुकम्पले शौचालय समेत भत्काइदिएपछी खुला ठाउँमा दिसापिसाब गर्नाले झाडापखला जस्ता रोगहरु फैलने समेत खतरा बढेको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया