इलाम । इलाममा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ । आइतबार अपराह्नमा रोङ गाउँपालिका-३ भालुजोडास्थित सडकमा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक विष्णु खड्काले प्रशासनलाई बताए ।
उनका अनुसार ना ६ ख ८४२४ नम्बरको बस सडकबाट अन्दाजी ४०० मिटर तल भीरमा खसेर रूखमा अड्किएको हो । दुर्घटनापछि बसमा रहेका ३६ जनालाई निकालिएको थियो । एक जना मृतक बालकसहित ३५ जना घाइतेहरूलाई बिएण्डसी अस्पतालमा पठाइएको छ । बालकको पहिचान खुलेको छैन ।
प्रहरी निरीक्षक खड्का अनुसार बसमा सवार धनुषा नगरपालिका-९ धारापानीका स्थानीयहरू हुन् । कन्याम घुम्न आएको उक्त बस दुर्घटनामा परेको हो ।
प्रतिक्रिया