धरान । गायक तथा प्रथम लिम्बुवान आइडल बिजेता कन्चन थलङले ‘यो मौसम बैमानी’ गीतको भिडियो सार्वजनिक गरेका छन् । चार वर्षअघि सार्वजनिक भएको गीत ‘चिसो चिसो छ यो मौसम’ को सफलतापछि उनले त्यसको दोस्रो भागको रुपमा ‘यो मौसम बैमानी’ गीत ल्याएका हुन् । गायक थलङकै शब्द, संगीत, स्वरसँगै अभिनयसमेत रहेको गीतको भिडियो धरानको फ्रेन्ड्स सिनेमा हलमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो । सार्वजनिक गीतको भिडियोमा गायक थलङलाई अभिनेत्री रेखा लिम्बूले साथ दिएकी छन् ।
सन्जिब सुब्बाको संगीत संयोजन, अर्जुन तिवारीको छायांकन, विवेक सुनारको सम्पादन रहेको भिडियो सान थापाको निर्देशनमा निर्माण गरिएको हो । यसअघि ‘चिसो चिसो छ यो मौसम’ गायक थलङ र गायिका मेलिना राईको स्वरमा मेल र फिमेल भर्सन ल्याइएको थियो । ‘चिसो चिसो छ यो मौसम–२’ अर्थात् ‘यो मौसम बैमानी’ को फिमेल भर्सनसमेत गायिका मेलिना राईको स्वरमा केही समयपछि आउने गायक तथा संगीतकार थलङले बताए । गीतको भिडियो उनकै अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया