प्युठानमा आमाछोरा मृत फेला

प्युठान । नौबहिनी गाउँपालिका वडा नम्वर ३ खवांगमा आमाछोरा मृत फेला परेका छन् । खवांगको काईया भन्ने ठाउँमा स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी हराइरहेकी ३ वर्षीया छोरा मुस्कान बुढामगर शनिबार मृत फेला परेको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बाहानेका प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख इश्वर थापा नेतृत्वको टोली पुगेर अनुसन्धान गरिरहेको छ । घटना बारे अनुसन्धान पछि मात्र के कसरी मृत्यु भएको हो भन्न सकिने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया