भाइटीका लगाउँदा यसपालि दिदीबहिनी पश्चिम र दाजुभाइ पूर्व फर्किनुपर्ने

काठमाडाैं । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने पञ्चाङ्ग समितिले जनाएको छ ।यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् ।

दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिने भएकाले यसरी बस्नुपर्ने धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले बताए ।

शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । भाइटीकाको दिन आज दिनभर टीका लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान १०:५१ बजेको अभिजित् मुहूर्त उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रतिक्रिया