नवलपुरको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

नवलपुर । पूर्वी नवलपरासीको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

जिल्लाको पहाडी इलाका बौदिकाली गाउँपालिकाबाट देवचुली नगरपालिकाको दलदलेतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जिप आज बिहान ११ः३० बजेको समयमा देवचुली नगरपालिका–९ स्थीत गोरेघुम्तीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

दुर्घटनामा परी एक जना घाइते भएका छन् । जिपमा ७ जना सवार रहेको पौडेलले बताए । जिप अनियन्त्रीत भएर घरको भित्तामा ठोक्किन पुग्दा सो दुर्घटना भएको प्रहरी नायव उपरीक्षक पौडेलले बताए । घटनाको थप विवरण आउन र मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीको भनाई छ ।

प्रेम न्याैपाने

नवलपुर (पूर्वी नवलपरासी)

प्रतिक्रिया