कुम्मायकमा प्रहरीको नागरिक सुनुवाई

पाँचथर । जिल्लाको कुम्मायक गाउँपालिका यासोकस्थित बिहीबार प्रहरीले जनस्तरमा नागरिक सुनुवाई गरेको छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा गाउँपालिकाले उक्त सुनुवाई कार्यक्रम गरेको हो ।

स्थानीय जनस्तरका नागरिकले सुरक्षा, तथा स्वास्थ्य चौकी महिला प्रहरी जनशक्ति अभावलगायतले समसामयिक विषयमा प्रश्न उठान गरेका थिए । सुरक्षा र सुनुवाइमा नागरिकताको समस्यासम्बन्धी छलफल भएको प्रहरी सूचना अधिकारी सुमित कुसवाहाले जानकारी दिए ।

उक्त सुनुवाइको जवाफ प्रहरीका डिएसपी हेमन्त भण्डारी र प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीले दिएका थिए । उक्त सुनुवाई कार्यक्रम सञ्चारकर्मी, स्थानीय सरकार जनप्रतिनिधि, सरोकारवालाको सहभागिता रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया