काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडितहरूको सहयोगका लागि नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई बुझाएको छ ।
सोमबार अध्यक्ष माधवकुमार नेपाललगायत एकीकृत समाजवादीका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २५ लाखको चेक हस्तान्तरण गरेका हुन् ।
गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ भने ३३८ जना घाइते भएका छन् ।
प्रतिक्रिया