भूकम्पलगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौं । आज दिउँसो सिंहदरबारमा सर्वदलीय बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो २ बजे सिंहदरबारमा संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग छलफल गर्न बैठक बोलाइएको हो ।

गएको शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएको भूकम्पले मानवीय र भौतिक रूपमा ठूलो क्षति भएपछि प्रधानमन्त्री दाहालले सोसहित समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत शुक्रबार जाजरकोट केन्द्रविन्दु भएर राति गएको भूकम्पमा कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा ठूलो क्षति भएको थियो ।

प्रतिक्रिया