दावाको नयाँ गीत

काठमाडौं । गायक दावा तामाङको स्वर, शब्द र संगीत रहेको गीत ‘झम्के बुलाकी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज, राजेस्ट श्रेष्ठ र दिल समर्पणको रेकर्ड तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ रहेको छ ।

गायक दावाले पहिलोपटक यो गीतमा संगीत भरेका हुन् । सार्वजनिक गीतको भिडियोमा अभिषेक श्रेष्ठ र करिश्मा श्रेष्ठको अभिनय छ । दुवैलाई रोमान्टिक भावमा देखाइएको छ ।

भिडियोमा उकेशन चन्द्र गुरुङको मेकअप, प्रशान्त मगरको सहायक कोरियोग्राफी, विनोद लामाको सह–छायांकन, सुभम भुजेलको कोरियोग्राफी, दिपु कृष्ण डंगोल (दीप्सन) को छायांकन, विवेक सुनारको सम्पादन, श्याम कुँवरको कलर, हरि महर्जन (हेरी) को क्रिएटिभ निर्देशन र कुवेर तामाङको निर्देशन छ । भिडियोको निर्माता टंक पौडेल र नेहा क्षेत्री हुन् ।

प्रतिक्रिया