भूकम्पले रुकुमपश्चिममा १६ हजार ५७० घर पूर्णरुपमा क्षतिग्रस्त, अझै बढ्न सक्ने

रुकुम पश्चिम । भूकम्पका कारण रुकुमपश्चिमका छ स्थानीय तहका १६ हजार ५७० घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले तथ्यांक संकलन जारी रहेकाले यो संख्या बढ्न सक्ने बताए ।

नगरपालिका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरुले समितिको बैठकमा पेश गरेको प्रारम्भिक तथ्यांक अनुसार सबैभन्दा बढी आठबिसकोट नगरपालिकाका घरमा क्षति पुगेको छ ।

समितिका अनुसार आठबिसकोट नगरपालिकामा सात हजार १४८ घरमा पूर्णरुपमा क्षति पुगेको छ भने सानीभेरी गाउँपालिकाका तीन हजार एक सय ४६ घर पूर्णरुपमा र सात सय २२ घरमा आंशिक क्षतिग्रस्त बनेका छन् ।

चौरजहारी नगरपालिकामा एक हजार ९८७ घर पूर्ण र चार हजार ३७४ घरमा आशिंकरुपमा क्षति पुगेको छ भने मुसीकोट नगरपालिकामा दुई हजार तीन सय घर पूर्णरुपमा र तीन हजार पाँच सय घरमा आशिंक क्षति पुगेको छ ।

त्यसैगरी त्रिवेणी गाउँपालिकामा एक हजार ९३५ घर पूर्ण र एक हजार २५८ घरमा आंशिक क्षति पुगेको छ भने बाँफिकोट गाउँपालिकामा १८ वटा घर पूर्ण र एक सय सात घरमा आंशिक क्षति पुगेको छ ।

प्रतिक्रिया