ग्लोबल आइएमई बैंकको डेपुटी सीईओमा सुमन पोखरेल


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सुमन पोखरेल नियुक्त भएका छन ।

बैंकको आइतबार बसेको संचालक समितिको बैठकले पोखरेललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत रहिसकेका पोखरेल दुई दशक भन्दा लामो समयदेखि बैंक तथा वित्तीय क्षेत्रमा संवद्ध छन् । पोखरेल यस अघि आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्ष थिए ।

प्रतिक्रिया