काठमाडौं । युवा पुस्ताप्रति लक्षित रोमान्टिक गीत ‘नक्कली मोरी’ को भिडियो सार्वजनिक भएको छ । गायक दिल ब्लोनको शब्द, संगीत र स्वर रहेको गीतको भिडियो ओएसआर डिजिटल च्यानलमार्फत सार्वजनिक भएको हो ।
गायक ब्लोन एक दशकपछि गीत संगीतको क्षेत्रमा पुनः फर्केका हुन् । याकुव तामाङको एरेञ्ज रहेको गीतको भिडियोमा गायक ब्लोन, उषा उप्रेती लगायतका कलाकारको अभिनय छ । उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन तथा निर्देशन क्रान्ति केसीले गरेका हुन् ।
प्रतिक्रिया