एभरेस्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन

एभरेस्ट बैंकका अध्यक्ष विष्णुकृष्ण (बीके) श्रेष्ठको निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत उनको सोमबार निधन भएको हो ।

लामो समयदेखि बिमारी भएर उपचार गराइरहेका ९४ वर्षीय श्रेष्ठले लामो समयदेखि एभरेष्ट बैंकको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए । 

स्वर्गीय श्रेष्ठका २ छोरी र एक छोरा छन् । उनको पार्थिव शरीरको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको थियो ।

श्रेष्ठको निधनले नेपालको बैंकिङ क्षेत्रले एउटा अभिभावक गुमाएको छ । श्रेष्ठले गत वर्षको साधारणसभामा आफू बिमारी भए पनि बैंक स्वस्थ रहेको बताएका थिए ।

प्रतिक्रिया