‘चित्त दुख्छ रे उनैको’ मा सिताराम र उषा

काठमाडौं । गायक सिताराम पोखरेलको स्वर रहेको ‘चित्त दुख्छ रे उनैको’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । मुनाल शिशिर कोइरालाको शब्द रचना रहेको यस गीतमा सागर सरद अधिकारीले संगीत भरेका छन् । गीतमा संजय श्रीपालको संगीत संयोजन रहेको छ ।

वैवाहिक सम्बन्धमा हुने सानोतिनो झगडा या मनमुटावको विषयमा केन्द्रित रही बनाइएको गीतको भिडियोमा गायक गायक पोखरेल र उषा उप्रेतीको अभिनय छ । सुजन श्रेष्ठको छायांकन रहेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।

नवीन विष्ट सहायक निर्देशक रहेको गीतको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो । भिडियो ‘ओएस आर डिजिटल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । ‘आँखाको नानी हौ तिमी’ बोलको गीत गाएर चर्चामा आएका गायक पोखरेलले २ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । उनका दर्जन बढी एल्बम सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया