काठमाडौं । पावर इन्टरनेसनल मिडिया नेपाल (पिम नेपाल) को अध्यक्षमा माधवराज खरेल निर्वाचित भएका छन् । संस्थापक अध्यक्षसमेत रहेका खरेल चौथो साधारणसभा तथा दोस्रो चुनावी अधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
राजधानीमा सम्पन्न निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा गायक पूर्णबहादुर राई, प्रथम उपाध्यक्षमा संगीतकार शंकर थापा ‘स्माइल’, द्वितीय उपाध्यक्षमा गायक आर्जन पाण्डे, महासचिवमा निर्माता एवं सञ्चारकर्मी कमलाकुमारी जोशी, उपमहासचिवमा मोडल तथा कलाकार प्रतिक्षा काफ्ले, सचिवमा गायक नारायण थापा, कोषाध्यक्षमा छायांकार राजन खरेल तथा सदस्यहरुमा राममणि ढकाल, सपना जोशी, नम्रता खरेल, समिर खान, कृष्णा आचार्य ‘रोशनी’ लगायत निर्वाचित भएका छन् ।
कार्यक्रममा संस्थाले विभिन्न विधामा रहेर समाजमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वलाई सम्मानसमेत गरेको छ । जसमा शारीरिक सुगठनका गोल्ड मेडलिस्ट खेलाडी संजीव श्रेष्ठ, साहित्यकार अनु शाह, कोरियोग्राफर अश्विनीकान्त झा, महिला उद्यमी तथा चलचित्र निर्माता सारदा श्रेष्ठ, सञ्चारकर्मी, समाजसेवी तथा पिम नेपालका संस्थापक सचिव राजन थापा, गायिका अनिता कुँवर, मोडल स्मारिका ढकाल र समाजसेवी गीता सिंह लगायतलाई सम्मान गरिएको हो ।
सम्मानित व्यक्तित्वलाई राष्ट्रगानका रचनाकार ब्याकुल माइला, चलचित्र कलाकार तथा पिम नेपालका सल्लाहकार मोहन निरौला, संगीतकार राजु शाह, चलचित्र पत्रकार शान्तिप्रिय, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, गायक तथा पिम नेपालका सल्लाहकार सिताराम पोखरेल, चलचित्र निर्देशक समाजका महासचिव अरुण प्रधान र गायक तथा संगीतकार कन्हैया सिंह परियारलाई सम्मान गरियो ।
संस्थाका कानूनी सल्लाहकारसमेत रहेका अधिवक्ता हरिबहादुर कार्की प्रमुख निर्वाचन अधिकृत, रोयल्टी संकलन समाजका महासचिव बी. पाण्डे र पत्रकार जिवन पराजुली निर्वाचन अधिकृत रहेको टिमले नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न गराएको हो । सञ्चारकर्मी विष्णु सुवेदीले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व कलाकार तथा पिम नेपालका सल्लाहकार मोहन निरौलाले गरेका थिए ।
प्रतिक्रिया