काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोबाइल बैंकिङ एपमा नयाँ सुविधा थप गरेको छ ।
डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै आएको बैंकले हाल मोबाइल बैंकिङ एपमार्फत नियमित प्रदान गर्दै आएको सेवाका अतिरिक्त अन्य उपयोगी सेवासमेत थप गरेको छ ।
अब ग्राहकले मोवाइल बैंकिङ एपमार्फत मुद्दति खाता खोल्ने, चेक रोक्का गर्ने, डेविट कार्ड प्राप्त गर्न निवेदन दिने, कार्ड ब्लक गर्ने, पिन रिसेट गर्ने, क्रेडिट कार्डको सीमा हेर्ने जस्ता सुविधा थप गरेको बैंकले जनाएको छ । बैंकले विशेष ग्राहकलाई लक्षित गरी मोबाइलमार्फत प्रिभिलेज बैंकिङ सेवासमेत सुरु गरेको छ ।
यसअघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरबाट प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आएकोमा अब मोबाइल बैंकिङ एपमार्फत नै प्रिभिलेज सेवा प्रदान गर्ने जनाएको छ । यस सेवाअन्तर्गत ग्राहकले बैंकका तोकिएका सम्पर्क अधिकृतमार्फत बिना झन्झट सेवा प्राप्त गर्न सक्ने छन् ।
प्रतिक्रिया