‘प्रगतशील युवा समाज र वल्र्डभिजनले समाजमा राम्रो काम गरेको छ’

बझाङ । प्रगतशील युवा समाज र वल्र्डभिजनले जयपृथ्वी नगरपालिकामा मात्रै नभई अन्य पालिकाहरूमा पनि राम्रो काम गरेको जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले बताए ।

मंगलवार नगरपालिकाको सभाहलमा सञ्चालित, नगरपालिकास्तरीय परियोजना परिचयात्मक बैठकमा बोल्दै नगरप्रमुख बजालले प्रगतिशील युवा समाज र विगत तीन वर्षदेखि हाम्रो पालिकामा साझेदार संस्थाको रूपमा रहेको छ, यस संस्थाले नगरपालिकाका विभिन्न वडाहरूमा बाल संरक्षण तथा बाल प्रायोजन परियोजना र समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तरगत शिक्षा र बालबालिकाको क्षेत्रमा राम्रो काम गर्दै आएको र यसै कार्यक्रममार्फत पालिकाका विभिन्न वडाहरूमा बनेका भौतिक संरचनाहरू विद्यालय शौचालयहरू अपांगमैत्री, बालमैत्री र भूकम्प प्रतिरोधी हुनुका साथै भवनहरू पनि गुणस्तरीय बनाएको, गएको हप्ता जिल्लामा गएको भूकम्पकोे समयमा यस संस्थाले राहत वितरण लगायतका कामहरूमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

अहिले नगरपालिकाका केही वडाहरूमा मात्रै कार्यक्रम लागू भएको हुँदा कतिपय वडा अध्यक्षहरूले पनि आप्mनो वडामा कार्यक्रम लागू गर्न आग्रह गरेको हुँदा अन्य वडाहरूमा पनि यस्तै कार्यक्रम लागू गर्न पहल गर्ने र पालिकामा जति संस्थाहरूको कार्यक्रम सञ्चालन भयो उति नै फाइदा हुने हुँदा धेरैभन्दा धेरै कार्यक्रम लागू गर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केशीले भने जयपृथ्वी नगरपालिका र अन्य संस्था लागू भएको पालिकाहरूमा जीविकोपार्जन र भविष्यका कर्णधार सानासाना बालबालिकाहरूलाई कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ, भन्ने कुरा सोच्नुपर्ने बेला आएको र भूकम्पले गर्दा विद्यालहरू बन्द अवस्थामा छन्, कतिपय विद्यालयहरू भत्केका छन् ।

कतिपय चर्केका छन्, कतिपय विद्यालयहरू बालबालिहरूलाई भवनभित्र बसालेर अध्यापन गर्न लायक छैनन् अब संस्थाले ती समस्या र चुनौतीहरूसँग सामना गर्न रणनीतिहरू तयार पारिरहेको र संस्थाबाट बनेका भौतिक संरचनाहरू पालिकालाई हस्तान्तरण गरिसकेको हुँदा ती भवनहरूको रेखदेख गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रगतिशील युवा समाजका कार्यक्रम व्यावस्थापक यज्ञ जोशीले वल्र्ड भिजन तथा साझेदार सस्था द्वारा आर्थिक वर्ष २०२४–२५ मा सञ्चालित परियोजनाहरूको वारेमा जानकारी गराउनुका साथै अधिल्लो आर्थिक वर्षमा भएका कामहरूको बारेमा समेत जानकारी गराएका थिए । कार्यक्रम जयपृथ्वी नगरपालिका भित्रका १ देखि ११ सम्मका वडाध्यक्षहरू शिक्षा संयोजक साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य उक्त संस्थाका सचिव प्रविन्द्र धामीले गरेका थिए ।

प्रतिक्रिया