सोल्टीमोडमा बिवाइडी सिटी स्टोर

काठमाडौं । बिवाइडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इ प्रालिले सोल्टीमोडमा बिवाइडी सिटी स्टोर सञ्चालनमा ल्याएको छ । कम्पनीले विद्युतीय सवारीसाधनमा विश्वव्यापी नेतृत्व गर्ने अभियानअन्तर्गत काठमाडौंंको सोल्टीमोडमा एक समारोहबीच उक्त स्टोर सञ्चालनमा ल्याएको हो । बिवाइडीका विद्युतीय सवारीसाधनलाई धेरैभन्दा धेरै ग्राहकमाझ पु¥याउने लक्ष्यसहित नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ ।

कार्यक्रममा साइमेक्स कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले यस क्षेत्रमा अग्र र उच्च गुणस्तरका विद्युतीय सवारीसाधनको प्रदर्शनी र प्रवद्र्धनमा सोरुमले उल्लेखनीय भूमिका खेल्ने बताइन् । विद्युतीय सवारीसाधनका सम्भावित ग्राहकको सेवा र सुविधाका लागि यो सोरुम अत्याधुनिक सुविधा, चार्जिङ स्टेसन, आकर्षक डिस्प्ले र तालिमप्राप्त र ग्राहकका सेवामा समर्पित कर्मचारीबाट सुसज्जित रहेको कम्पनीको भनाइ छ ।

साइमेक्सले हाल अट्टो थ्री, डल्फिन वा अल न्यू बिवाइडी इ–सिक्समध्ये कुनै पनि बिवाइडीका सवारीसाधन खरिद गर्ने योजनामा रहेका ग्राहकका लागि सरल, एक्सचेन्ज सुविधाका साथमा फाइनान्सका विकल्पको प्रस्ताव लिएर आएको जनाएको छ । हाल बिवाइडीको नेपालमा मात्रै १२ वटा बिक्री केन्द्र रहेको र छिट्टै अन्य स्थानमा पनि विस्तारको योजना रहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया