हाइड्रोपावरका कामदार मगरको ढुंगाले किचेर मृत्यु

पाँचथर । जिल्लाको हिलिहाङ गाउँपालिका– १ खोलाखर्कमा निर्माण हुँदै गरेको काबेली ‘ए’ जलविद्युत आयोजनाका कामदार इलाम देउमाई नगरपालिका– ९ का भुपाल मगरको सुरुङ निर्माण गर्ने क्रममा ढुंगाले किचेर मृत्यु भएको छ ।

सुरुङ निर्माण गर्ने क्रममा ढुंगाले किचेर मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मगरको आइतबार ढुंगाले किचेको हो ।

प्रतिक्रिया