रौतहटमा महिलाको बेवारिसे शव फेला

आरके श्रीवास्तव

रौतहट । जिल्लाको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत पर्ने लमहा खोलामा एक महिलाको बेवारिसे शव फेला परेको छ । आईतबार दिउँसो १२ बजेको समयमा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दामोदर केसीले अन्दाजी ४०–४२ वर्षीया महिलाको शव फेला परेको जानकारी दिए । उनका अनुसार हालसम्म उक्त शवको पहिचान हुन सकेको छैन ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले प्रारम्भीक अनुसन्धानका कार्यहरु पुरा गरी उक्त शव प्रादेशिक अस्पताल रौतहट, गौरको शव गृहमा राखेको जनाएको छ । उक्त मृतको शव चिन्ने व्यक्ति तथा मृतकको आफन्तले जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

उक्त शवको हुलिया ठिकको शरिर,उचाई ४ फिट ४ ईन्च, कालो रंगको भेष्ट र दाँया हातमा रातो चुरा लगाएको,कपाल छोटो,हेर्दा मंगोलिएन मुलको जस्तो देखिने अन्दाजी बर्ष ४०र४२ को महिला रहेको ईप्रका चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रतिक्रिया