अभियानले मेचीदेखि महाकालीसम्म तरंग पैदा गरेको छः अध्यक्ष नेपाल

धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी जागरण अभियानले मेचीदेखि महाकालीसम्म तरंग पैदा गरेको बताएका छन् ।

एकीकृत समाजवादीले सञ्चालन गरेको मेची महाकाली जागरणको क्रममा कैलाली पुगेका नेपालले शनिवार धनगढीमा समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा मेचीबाट सुरु भएको तरंग महाकालीसम्म आइपुगेको बताए ।

समाजवादी जागरण अभियानको क्रममा विभिन्न पार्टी परित्याग गरी हजारौँको संख्यामा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका नौजवान युवाले उत्साहित बनाएको उनले बताए । ‘विभिन्न पार्टी परित्याग गरेर हजारौँको संख्यामा पार्टी प्रवेश गराएका छौँ, जसले उत्साहित पनि बनाएको छ’ उनले भने ‘यहाँसम्म आइपुग्दा विभिन्न ठाउँमा भएका कार्यक्रममा महिला, दलित, जनजातिको उल्लेख्य उपस्थितिले उत्साहमा बृद्धि गरेको छ ।’

उनले समाजवादी जागरणले तीन वटा कुरालाई केन्द्रविन्दुमा राखेर अघि बढेको बताए । उनले भने ‘समाजवादी जागरण रोजगारी, सुशासन र समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अगाडि बढाएका छौँ ।’


जनतालाई सुशासनको प्रत्याभूति भएन भने कागजमै सीमित हुने नेपालले बताए । उनले भने, संविधानमा मौलिक हक लेखेको छ । तर उल्लेख गरेर मात्र हुदैन् कार्यान्वयन हुनु पर्दछ, कार्यान्वन हुन सोच ठीक हुनु पर्दछ ।


‘भ्रष्टाचार र व्यक्तिवादबाट मुक्त भइयो भने मात्र त्यसको सही कार्यान्वयन हुन्छ’ उनले भनझैं ‘देश भाडमा जावस्, जनता जेसुकै होस् भन्ने प्रवृति अन्त्य गर्नु पर्छ, हाम्रो पार्टीबाट संघ, प्रदेश, स्थानीय तहमा भएका जनप्रतिनिधिलाई राम्रो काम गर्नुस् भनेर हामीले आफ्नै कार्यकर्तालाई अघि बढाउन चाही रहेका छौँ ।’

आफूहरुको समाजवादी जागरण अभियानले समाजवादप्रति मानिसहरुको आकर्षण बढाउन, समाजवादी मान्यता अनुसार सरकार चलेको छ कि छैन् भन्नेबारे सबैलाई सजग गराउन्, कस्तो खालको नीति अवलम्बन गर्दा समाजवादको मुल ध्येय पूरा हुन सक्छ भन्ने कुरामा जोड दिदै आएको उनले बताए ।

प्रतिक्रिया