काठमाडौं । दीपक रौनियारले निर्देशन गरेको नयाँ चलचित्र ‘राजागञ्ज ः द स्काइ इज माइन’ लाई नर्वेजियन फिल्म इन्स्टिच्युटको सोर्फोन्डबाट रु ७६ लाख ५२ हजार (५७ हजार छ सय अमेरिकी डलर) प्राप्त भएको छ । ‘हाइवे’ र ‘ह्वाइट सन’ जस्ता नेपाली चलचित्र निर्देशन गरेर विश्वभरका चर्चित महोत्सवमा सहभागिता जनाउन सफल भएका निर्देशक रौनियारले यसपटक मधेसको कथालाई प्रस्तुत गरेका छन् ।
नेपालबाट निर्माण भएको नेपाली चलचित्र भए तापनि ‘राजागञ्ज ः द स्काइ इज माइन’ नर्वेजियन सहनिर्माता रहेका छन् । निर्देशक रौनियार, डेभिड बार्कर र आशा मगरातीले संयुक्तरूपमा लेखेको चलचित्रमा गहुँगोरो वर्णकी महिला जासुसको कथा देखाइएको छ । सार्वजनिक कथासारअनुसार उक्त महिला जासुस हिंसा भड्किएको सहरबाट काम थाल्छिन् । दुई गहुँगोरो वर्णका युवकले फिरौती मागेपछि अपहरणमा हुन्छन् र उनीसँग दुई दिनको मात्र समय छ । उक्त कथालाई जनकपुरको सेटअपमा (पृष्ठभूमिमा) भनिएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई, अभिनेत्री निकिता चण्डक, आशा मगराती, पशुपति राई, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ लगायतका कलाकारको अभिनय छ । नेपालमा निर्माण सहकार्यमा जोडिएको बाँसुरी फिल्मले यो उपलब्धिले स्थानीय कथा भन्न प्रोत्साहित गर्ने विज्ञाप्तिमार्फत जानकारी दिइएको छ ।
प्रतिक्रिया