शिक्षा शाखामा नेबिसंघले गर्यो तालाबन्दी

प्युठान । प्युठान नगरपालिकाको शिक्षा शाखामा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । प्युठान नगरपालिकाको शिक्ष युवा तथा खेलकुद शाखामा काजमा रहेका शिक्षकहरूलाई सम्बन्धित विद्यालयम फिर्ता गराउन गरेको ध्यानाकर्षणमा नगरपालिकाले बेवास्ता गरेको भन्दै नेपाल विद्यार्थी संघले बुधबार शिक्षा शाखामा तालाबन्दी गरेको हो ।

नेपाल विद्यार्थी संघले यसअघि असोज ७ गते नगरपालिकामा रहेका शिक्षकलाई सम्बन्धित विद्यालयमा पठाउन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको नेविसंघले जनाएको छ । अध्यक्ष केसीले भने, ‘हामीले पटकपटक नगरपालिकालाई आग्रह ग¥यौँ ।’ सुनुवाइ नभेटेपछि तालाबन्दी गर्नुपरेको बताए । ‘नेविसंघले लगाएको तालाबन्दीको कारण जनतामा पर्न गएको असुविधाप्रति क्षमा चाहान्छौँ’, उनले भने ।

आफूले राखेको माग पूरा नभएसम्म नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा लगाइएको ताला नखोलिने अध्यक्ष कल्याण विक्रम केसीले बताए ।

नेपाल सरकारले २०८० जेठ ३१ देखि लागुहुनेगरी स्थानीय तहमा विद्यालयबाट काजमा झिकाएर शिक्षकलाई स्थानीय तहको काममा लगाउन नपाइने र विद्यालयमै फर्काउन परिपत्र गरेको थियो । तर प्युठान नगरपालिकामा उक्त परिपत्रको बेवास्था गरिएको भन्दै उक्त कार्यमा नेविसंघको गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया