एनसेलको नयाँ योजना : सय रुपैयाँमै १ जीबी अल्वेज अन डाटा प्याक

काठमाडाैं । एनसेलका ग्राहकहरूले अब करसहित १०० रुपैयाँमै लामो समयसीमासहित मोबाइल डाटाको फाइदा लिन पाउने भएका छन् ।

एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा मोबाइल डाटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डाटा प्याक ‘अल्वेज अन डाटा’ ल्याएसँगै ग्राहकहरूले त्यस्तो सुविधा पाउने भएका हुन् ।

कम्पनीका अनुसार, यो योजनामा ग्राहकहरूले २८ दिनसम्म मान्य रहने १ जीबी डाटा पाउँछन् । यो डाटा प्याक एक्टिभ गर्नका लागि ग्राहकहरूले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त जानकारीअनुसार गर्नुपर्नेछ ।

यसैगरी, एनसेलले आफ्नो विद्यमान सोसल मिडिया डाटा प्याकमा इन्स्टाग्राम थपेको छ । ग्राहकले अब करसहित १९१ रुपैयाँमा ७ दिनका लागि ननस्टप युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्रामको पनि पहुँचको फाइदा लिन सक्ने एनसेलले जनाएको छ । ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स ५ एस्ट्रिक्स ६ ह्यास डायल गरेर यो प्याक लिन सक्छन् ।

त्यस्तै, करसहित ४५९ रुपैयाँमा ग्राहकले फेसबुक, युट्युब, टिकटकका साथै इन्स्टाग्राम प्रयोग गर्न दैनिक २८ दिनसम्म १.५ जीबी डाटा लिन सक्छन् । यसबाहेक यो प्याकमा ग्राहकले ८ जीबी अल टाइम प्याक पनि पाउँछन् । २८ दिनको समयसीमा रहेको यो प्याक एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स ५ एस्ट्रिक्स ७ ह्यास डायल गरेर लिन सकिन्छ ।

अल्वेज अन डाटाले ग्राहकहरूलाई सुलभ मूल्यमा सधैँ सम्पर्कमा रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । यसैगरी, सोसल मिडिया डाटा प्याकमा इन्स्टाग्राम पनि थपिएकाले यो सुविधाले ग्राहकलाई सामाजिक सञ्जालमार्फत अनलाइनमा रही सधैैँ सम्पर्कमा बसिरहन ठूलो भूमिका खेल्ने एनसेलले बताएको छ ।

प्रतिक्रिया