एमालेमा अझै १० वर्ष केपी ओलीको विकल्प छैन : गुरुङ

पाेखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीमा अझै १० वर्षसम्म केपी शर्मा ओलीको विकल्प नरहेको दाबी गरेका छन् । एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रमा सोमबार बोल्दै उनले भने, ‘कम्तीमा अझै १० वर्ष एमालेमा केपी ओलीको विकल्प छैन । स्वाधिनताको अभियान डगमगिन सक्छ । त्यसकारण केपी ओलीको नेतृत्व स्वीकार्नु पर्छ ।’

नेकपा एमालेलाई हल्लाउन सक्ने कुनै शक्ति नरहेको र एमाले हल्लिए आफ्नै कारणले हुने उपमहासचिव गुरुङले बताए । विभाजन गलत थियो भन्ने २०५४ सालदेखि नै देखिएको उनको भनाइ थियो ।

प्रतिक्रिया