विवेक ओझाको ऐँठनलाई मदन पुरस्कार

काठमाडौं । मदन पुरस्कार गुठीले वि.सं.२०७९ सालको मदन पुरस्कार विवेक ओझाको ऐँठनलाई दिने निर्णय गरेको छ । आइतबार बसेको गुठीको बैठकले सो निर्णय गरेको कुन्द दीक्षितले जानकारी दिए । त्यसैगरी वि.सं.२०७९ काे जगदम्बा–श्री टेकवीर मुखियालाई दिने निर्णय भएको पनि दीक्षितले जनाए । यी दुवै पुरस्कारको राशी २/२ लाख रहेको छ ।

प्रतिक्रिया