नेपाल डेरी एसोसिएसनको २३औँ वार्षिक साधारणसभा धनगढीमा हुने

काठमाडौं । नेपाल डेरी एसोसिएसनको २३औँ वार्षिक साधारणसभा धनगढीमा हुने भएको छ । बिहीबार काठमाडौंमा नेपाल डेरी एसोसिएसनको चौथो केन्द्रिय समितिको बैठक अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा बसेर उक्त निर्णय गरेको हो । साथै उक्त बैठकमा अन्य विभिन्न विषयमापनि निर्णय भएको बताइएको छ ।

यस्ता छन् बैठकले निम्नानुसार निर्णय

१. तत्कालिन दुध, बटर, धुलो दुध बढी भएको र बजारमा दूध खपत नभएको समस्या हल गर्नको लागि ५ जनाको समिति गठन गरि तत्काल कार्य थालनी गर्न सो समिति गठन गरिएको हो । समिती एसोसिएसनका प्रथम उपाध्यक्ष दिप प्रसाद धमलाको संयोजकत्वमा बनाइयो भने सदस्यहरुमा एसोसिएसनका उपाध्यक्ष मनोज कुमार घिमिरे, उपमहासचिव विजय प्रसाद चौरसिया, एसोसिएसन लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपाने र सदस्य योगेन्द्र चिमरिया रहेका छन् ।

२. नेपाल डेरी एसोसिएसनको २३औं वार्षिक साधारण सभा केन्द्रिय उपाध्यक्ष कर्ण बहादुर हमालको संयोजकत्वमा सुदुरपश्चिम प्रदेशको धनगढीमा पुस महिनामा सम्पन्न गर्ने निर्णय गर्यो ।

३. नेपाल डेरी एसोसिएसनले विभिन्न निकायहरुसंग समन्वय गरि वर्तमान समस्याहरुको हल गर्न आन्तरिक सदस्यहरु बिच सामान लिने दिने गर्न आफ्ना सदस्यहरुलाई आग्रह गर्ने निर्णय गर्यो ।

४. नेपाल डेरी एसोसिएसनले एसोसिएसनको गित बनाउने र डेरी सम्बन्धि गोठदेखि ओठसम्म समेटी एउटा डकुमेन्ट्री बनाउने निर्णय भयो ।

५. बंगलादेशमा दूध तथा दुग्ध पदार्थ निर्यात गर्न एसोसिएसनले तत्काल पहल गर्ने निर्णय गर्यो ।

६. रैथाने हाट बजारमा प्रत्येक शनिवार एसोसिएसनले महि सेवन गराउने अभियानको प्रशंसा गर्दै अब अन्य यस्ता स्थानमा पनि एसोसिएसनले अभियान शुरु गर्न सबै प्रदेशलाई आग्रह गर्ने निर्णय गर्यो ।

७. एसोसिएसनले आफ्ना सदस्यहरुलाई अन्तर्राष्ट्रिय अवलोकन भ्रमण गराउन एसोसिएसनका विदेश विभाग प्रमुख मनोज कुमार घिमिरेलाई जिम्मेवारी दिने निर्णय गर्यो ।

प्रतिक्रिया