‘बेकोको सौगात, सम्बन्ध प्रगाढ’ योजना सार्वजनिक

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले दसैं तिहारलाई लक्षित गर्दै ‘बेकोको सौगात, सम्बन्ध प्रगाढ’ नामक योजना सार्वजनिक गरेको छ । यो योजना सीमित अवधिका लागि लागु गरिएको कम्पनीले जनाएको छ । उक्त योजनाअन्तर्गत बेको ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वासिङ मेसिन र वासर ड्राएरको खरिदमा ६ केजीको एरिअल म्याटिक वासिङ पाउडर उपहार प्राप्त गर्न सकिनेछ । डिसवासरको खरिदमा दुई प्याकेट फोर्चुन डिसवास र ट्याब्लेट उपहार पाइने कम्पनीले जनाएको छ ।

साथै सिङगल डोर रेफ्रिजिरेटरमा चोप्पर, डबल डोर रेफ्रिजिरेटरमा इलेक्ट्रिक किटली र मल्टी डोर रेफ्रिजिरेटरमा इलेक्ट्रिक प्रेसर कूकर उपहार पाइन्छ भने कूकिङ रेन्ज (फ्री स्टाण्डिङ ओवन)को खरिदमा प्रेसर कुकुर र एअर कण्डिसनरको खरिदमा फ्री इन्स्ट्लेसन पाइन्छ । कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेसन सुबिधा पनि प्रदान गरेको जनाएको छ ।

त्यसैगरी शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लैजान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुविधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकले ‘सीजी लोयल्टी क्लब’ को रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यहरूले ललितपुरस्थित होटेल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

प्रतिक्रिया