स्ट्याण्डर्ड चार्टर्ड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग दिगो ऊर्जा चुनौती कोषअन्तर्गत कर्जा नोक्सानी ग्यारेन्टीका लागि सम्झौता गरेको छ ।

यो सम्झौताले नवीकरणीय ऊर्जा क्षेत्रमा वित्त पोषणलाई मापन गर्ने अपेक्षा गरिएको बैंकले जनाएको छ । यसका साथै कर्जा नोक्सानी ग्यारेन्टीले दिगो पहलका लागि कर्जा प्राप्त गर्न धितो आवश्यकतालाई कम गर्ने विश्वास गरिएको बताइएको छ ।

यो नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत पर्दछ । यो सरकारको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र बेलायती सरकारको यूकेएडको संलग्नता रहेको संयुक्त पहल हो । यसले नेपालमा नवीकरणीय ऊर्जा परियोजनामा समावेश योग्य दिगो ऊर्जा चुनौती कोषका परियोजनाको ऋणका लागि २० प्रतिशत ग्यारेन्टी कभर अनुमति दिन्छ ।

नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम वितरित नवीकरणीय ऊर्जा (डीआरई)मा निजी क्षेत्रको लगानी बढाउन तथा सक्षम र दिगो बनाउनका लागि नीति, योजना, कानुनी निर्माण र नियामकलाई सहजीकरण गर्दै विश्वव्यापी ऊर्जा पहुँच बढाउन क्रियाशील रहेको छ ।

प्रतिक्रिया