काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) बीच छुट दिनेबारे सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीले विभिन्न किसिमका सामान खरिद गर्दा छुट पाउने छन् । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत सुशील मान प्रधानांघले हस्ताक्षर गरे । सम्झौता अनुसार सेल्सबेरीले विभिन्न किसिमका सामान खरिद २५ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।
प्रतिक्रिया