एमाले बागमतीमा दाहाल र ढुंगेलको मात्र उम्मेदवारी कायम

काठमाडाैं । नेकपा एमाले बागमती प्रदेश अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । बुधबार अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएकोमा बिहीबार तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

केशव पाण्डे, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिएका पाण्डेले ढुंगेललाई समर्थन गर्ने घोषणा गरेका छन् भने श्रेष्ठ र बुढाथोकीले दाहाललाई समर्थन गर्ने बताएका छन् ।

आजै चुनाव हुने भनिए पनि चुनाव अब भोलि मात्र हुने कार्यतालिका सार्वजनिक भएको छ । अझै पनि सहमतिको प्रयास हुने एमाले नेताहरूले बताइरहेका छन् । उम्मेदवार कायम रहेका ढुंगेल महासचिव शंकर पोखरेल निकट र दाहाल उपाध्यक्ष विष्णु पौडेल निकट रहेको बताइन्छ ।

प्रतिक्रिया