एलिकाको दसैँतिहार अफर

काठमाडाैं । ईओएल प्रालि नेपालमा एलिका उत्पादनका लागि एक मात्र आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको संस्थाले दसैँ, तिहार र छठलाई लक्षित गरेर ग्राहक योजना ल्याएको छ ।

एलिका ब्रान्ड घरेलु उपकरण र भान्साको विश्वको अग्रणी निर्माता हो । नेपालमा भान्सा उपकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको एलिका ब्रान्डले नेपालको सबैभन्दा ठूलो उत्सव दसैँ र तिहारलाई लक्षित गर्दै ‘दसैँतिहारमा, उपहार साथमा’ भन्ने नारासहित अफर ल्याएको हो ।

अफरअन्तर्गत एलिकाको कुनै पनि सामानको (चिम्नी, कुक टप, हब, कुकिङ्ग रेञ्ज, बिल्ट–इन ओभन, बिल्ट–इन मिक्रो वेभ ओभन) खरिदमा सीजी ब्रान्डको भ्याकुम फ्लास्क उपहार स्वरूप प्रदान गरिने छ । यो ग्राहक योजना भदौ २८ गतेदेखि नेपालभर सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

एलिका १९७० मा स्थापित एक इटालियन कम्पनी हो, जसले किचन हुड, इन्डक्सन हब, र बोइलर डिजाइन र निर्माण गर्दछ । कम्पनीका विश्वभर इटाली, पोल्यान्ड, मेक्सिको, भारत र चीनमा सातवटा प्लान्टहरू छन् । ३८ सय कर्मचारीहरूले हरेक वर्ष २०.७ मिलियन हुडदेखि मोटरसम्म उत्पादन गर्दछन् ।

एलिकाको खाना पकाउने व्यवसाय इकाईले घरेलु प्रयोगका लागि किचन हुडहरू डिजाइन, निर्माण र बिक्री गर्दछ । एसियाली बजारका लागि कम्पनीले हब, ओभन र स्टेरिलाइजर पनि उत्पादन गर्दछ ।

प्रतिक्रिया