सामाजिक विकास मन्त्री पोखरेलसमक्ष मुगुमा गुनासै गुनासा

मुगु । कर्णाली प्रदेश सरकारका सामाजिक मन्त्री खड्कबहादुर पोखरेललाई मुगुका नागरिकले गुनासा सुनाएका छन् । मुगु जिल्लाको स्वास्थ्य शिक्षाको अनुगमन गर्न मुगु पुगेका सामाजिक बिकास मन्त्री पोखरेलसँग मुगुका नागरिकले गुनासाका चाङ लगाएका हुन् । बुधबार विहान ११ बजे मुगु जिल्लास्थित जनता प्लाजा होटेलमा आयोजित एक कार्यक्रममा जिल्ला अस्पताल मुगुका निमित्त कार्यालय प्रमुख डाक्टर कमल ढुंङ्गनाले जिल्ला अस्पतालका समस्याहरु बारे बताईरहेका थिए । प्रमुख ढुंङ्गनाले समस्याहरु बारे बताईरहँदा छेउमा बसेका कणाली प्रदेशका सरकारका सामाजिक विकास मन्त्री खडकबहादुर पोखरेल र मन्त्रालयका सचिव भोजराज शर्मा ध्यानपूर्वक सुनिरहेका थिए ।

मुगु जिल्ला अस्पताल मुगुका प्रमुख ढुंगानाले जिल्ला अस्पतालमा दरवन्धी अनुसार कर्मचारी नभएको, एक्सरे मेसिन विगे्रको ४ महिना भइसक्दा पनि प्रदेश सरकारले मर्मतका लागी कोहि नपठाएको, कणाली प्रदेशका अन्य अस्पतालमा सरकारले सशुल्क फार्मेसी संचालन गर्न बजेट छुटाएको मुगुलाई उपेक्षा गरेको, मर्मत सम्भार शिर्षकमा बजेट नरहेको, अस्पतालमा ल्याब भएपनि बजेट र जनशक्तिको व्यवस्था नभएको, वायोमेटी« र ईलेक्टो«निक्स प्राविधिक नहुदा अस्पतालमा रहेका मेसिन र विधुत नियमित संचालन गर्न समस्या भएको, सरकारले निशुल्क भनेर तोकेका ९८ प्रकारका औषधी किन्न बजेट अभाव भएको, उच्च गतीको ईन्टरनेट नहुदा स्वास्थ्य विमाको क्लेम गर्न समस्या हुँदा हाल सो सेवा रोकिएको, सरकारले ख वर्गको एम्बुलेन्स संचालन गर्नुपर्ने नीती लिएपछि सो वर्ग अनुसारको एम्बुलेन्स नहँदा घ वर्गको एम्बुलेन्स संचालन गर्न बाध्य भएको जस्ता समस्या प्रस्तुत गरेका थिए ।

जिल्लामा विषेशज्ञ चिकित्सक नहुदा सामान्य सल्यक्रियाका विरामी पनि रिफर गर्नु परेको, कम्तिमा एक जना एमजिडिपी डाक्टर सबै चेकअप र शल्यक्रियाको काम जानेको चिकित्सकको व्यवस्था गरिदिन र यदि त्यो नभए कम्तिमा प्रसुती विज्ञको व्यवस्था मिलाउन डा ढुंगानाले कणाली प्रदेश सरकारका सामाजिक मन्त्री संग आग्रह गरे । उनले अहिले जिल्ला अस्पतालमा एक जना डाक्टर नहकुल शाहीले प्रसुती सेवा दिई रहेको र ४ महिना पछि उनले अध्ययनका लागी काम छोडने भएकाले त्यसपछि सामान्य प्रसुती गराउन पनि जिल्ला अस्पताल नसक्ने अवस्था आउने सुनाए ।

अस्पताल प्रमुख ढुंगानाले भने, ‘अस्पतालमा खानेपानी नहँुदा समस्या छ, नेपाली सेनाले राती अस्पतालमा खानेपानी छोडिदिन्छ । जसोतसो त्यसैले धान्नु परेको छ । सेनाकोबाट पानी नआएको दिन सबै सरसफाईका सबै काम रोकिन्छन शौचालय समेत ताला लगाउनु पर्छ । घेरवार नहुदा पशु चौपाया देखि अस्पताल वरिपरीका स्थानियहरु अस्पताल भित्र आवत जावत गर्ने गरेका छन, कोरियाली सहयोग नियोग (काईका)ले बनाई दिएका अस्पतालका भवन र करोडौका मेसिन औजार संचालन नहुदा जिर्ण बन्दै गएको ।’

अस्पताल प्रमुख ढुंगानाले अस्पतालमा रहेका समस्या बताई सकेपछि सहभागीहरुले अस्पताल हो की अस्तव्यस्त ताल हो ? आफुहरु दुविधामा परेको बताएका थिए । अस्पताल प्रदेश मातहतको हो । कणालीका १० जिल्लाहरुमा छुट्याएको बजेटमा मुगुलाई कणाली प्रदेश सरकारले विभेद गरेको आरोप लागेको छ ।

जिल्ला अस्पताल १५ शैय्याको भएपनि विरामीको चाप रहेकाले ४९ शैय्या चलाई रहेको प्रमुख कमल ढुंगानाले बताए । अस्पतालमा उपचार गर्न मुगु जिल्लाका ४ पालिकाका सार्थै हुम्लाका चेंखेली, अदानचुली बाजुराको हिमाली र जुम्लाको कनकासुन्दरीसम्मबाट समेत विरामी उपचारका लागी जिल्ला अस्पतालमा आउने छन । बढदो विरामीको चाप र उपलब्ध ५० शैय्या पनि धान्न सक्ने अस्पतालका संरचनाहरु भएकाले कणाली प्रदेश सरकारले बजेट प्रस्तुत गर्दा मुगु जिल्ला अस्पताललाई ५० शैयामा स्तरउन्नती गर्ने घोषणा गरे बमोजिम जनशक्ति र अन्य आवश्यकिय संरचनाको व्यवस्था गरि यसै आर्थिक बर्षबाट ५० शैयाको सेवा सुचारु गर्न पुर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले कणाली सरकार, सामाजिक विकास मन्त्री र सचिवलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै मुगुम कार्मारोङ्ग गाँउपालिका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले प्रदेश मातहतको अस्पताल अस्तव्यस्त ताल हुनु भनेको प्रदेश सरकार कै वेईज्यतीका साथै मुगुबाट निर्वाचित प्रदेश, संघका सांसददेखि स्थानीय तहका प्रमुखहरुको पनि वेईज्यत भएको बताउदै अस्पतालमा रहेका मेसिन औजार मर्मत र सामान्य मर्मत सम्भारकाम लागी जिल्लाका ४ वटै स्थानीय सरकारहरुले चालु आर्थिक वर्षबाट नियमित बजेट छुटाउने निर्णय गरेको सामाजिक मन्त्रीलाई जानकारी गराए ।

जिल्ला अस्पतालमा फार्मेसी सन्चालनका लागी छायाँनाथ राराको बजेट अधिवेशनबाट बजेट छुटाएको र फार्मेसी संचालन कार्यविधी निमार्णपछि अस्पतालको हाता भित्र फार्मेसी संचालन गने नगरप्रमुख विष्णुकुमार भामले बताए । प्रदेश सरकारले ५० शैयाको अस्पताल संचालन गरेमा स्थानिय सरकारका नाताले सानातिना खर्च शिर्षकका लागी नगरपालिकाले बजेटको नियमित व्यवस्था मिलाउने नगरप्रमुख भामले प्रतिवद्धता व्यक्त गरे ।

जिल्ला अस्पतालका प्रमुखले प्रस्तुत गरेका अधिकांस समस्या अस्पताल परिवारले नै समाधान गर्ने किसिमका छन् । सामान्य पानी, छत चुहिएको, गाईवस्तु भित्र पस्ने गरेको, कर्मचारीले नटेरे जस्ता समस्या पनि प्रदेश सरकारले समाधान गरिदेओस भनेर अपेक्षा गर्नु अस्पताल परिवार र व्यवस्थापक कै कमजोरी भएको बताउदै सामाजिक विकास मन्त्रालयका सचिव भोजराज शर्माले प्रदेश सरकारले मुगु जिल्ला अस्पताललाई ५० शैयाको बनाउने घोषणा गरे बमोजिम नै के कस्ता संरचनाहरु छन ? मेसिन औजार के के छन, शैया छन की छैनन ? विरामी कती आउछन र स्थानीयहरुको चाहाना के छ भनेर मन्त्री सहित आफू स्थलगत बुझन मुगु आएको बताए ।

उनले भने, ‘प्रदेश राजधानी सुर्खेत पुग्नासाथ ५० शैयामा चाहिने जनशक्ति, संरचना, औषधी, मेसिन औजार लागायतको लागत सहितको विष्लेषण गरि प्रतिवेदन सरकारलाई पेश गर्ने र ५० शैय्या बनाउने वा २५, ३०, ४० कति शैय्याको बनाउने सरकारले निर्णय गर्ने छ ।’

जिल्ला अस्पताल, आयूवेद अस्पतालको प्रस्तुती र सहभागीहरुको जिज्ञासहरु सुनिसकेपछि सामाजिक विकासमन्त्री खडकबहादुर पोखरेलले मुगु मात्र नभएर १० जिल्लामा रहेका प्रदेश मातहतका अस्पताल र सामाजिक कार्यालयहरुका विभिन्न शिर्षकका बजेट चालु आवमा कटौती भएको बताए । उनले भने, ‘कणाली प्रदेशमा यो वर्ष राष्ट्रिय खेलकुद प्रतियोगिता हुदैछ यसको खर्च प्रदेश सरकारले व्यहोर्नु पर्ने हो तर खेलकुद सामाजिक विकास मन्त्रालय अन्तरगतको हो भन्दै अन्य मन्त्रालयहरु बजेट खर्च गर्न पछि हटेकाले नैतिकताका आधारमा पनि बरु मन्त्रालयका अन्य शिर्षक कटौती गरि राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी बजेट छुटाउदा बजेट अपुग भएको हो ।’

अस्पतालहरुको स्तरोन्नती र शैया थपको लागी विज्ञ समिति गठन गर्ने र सोहि समितिले दिएको प्रतिवेदनका आधारमा कणाली प्रदेशका कुन अस्पताललाई के स्तरोन्नती र कति शैय्या थप्ने बारे मन्त्रालय र प्रदेश सरकारले निर्णय गर्ने पनि मन्त्री पोखरेलले बताए । अस्पताल सबैको हो त्यसैले स्थानिय, प्रदेश र संघीय सरकारहरुले आ आफनो क्षमता अनुसार दुर्गम तथा ग्रामिण क्षेत्रका अस्पतालहरुलाई हार्डवयर र सप्टवयर दुवै क्षेत्रमा सहयोग गर्नु पर्ने जिल्ला समन्वय समिती मुगुका प्रमुख मन्जनबहादुर कार्की सुझाव दिए ।

सरकारले जिल्ला अस्पताल व्यवस्थापन समिति गठन गरि अस्पताल सञ्चालन र व्यवस्थापनको जिम्मेवारी दिए पनि समितिका लागी आवश्यक बजेट, अधिकार नदिएकाले व्यवस्थापन समितिका हातगोडा बाधेर काम गर भने जस्तो भएको मुगु जिल्ला अस्पताल मुगु व्यवस्थापन समितीका अध्यक्ष गजेन्द्रबहादुर मल्लले गुनासो गरे । जिल्ला अस्पताल मुगुको भौतिक संरचना, जनशक्ति परिपुर्ति र औषधी उपलब्धताका बारे संघीय स्वास्थ्यमन्त्रीदेखि प्रदेश सरकारका मन्त्री, सचिवसम्म सबैलाई अनुरोध र जानकारी गराए पनि आजका मितीसम्म आश्वासनमात्र पाएको पनि अध्यक्ष मल्लले गुनासो गरे ।

प्रतिक्रिया