काठमाडौं । एट्टिक रेस्टुरेन्ट र गुरु ट्राभल्स लिमिटेडबीच व्यवसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर भएको छ । एक विशेष कार्यक्रमकाबीच सार्वजनिक गरिएको सम्झैता पत्रमा एट्टिककातर्फबाट बिजिनेस डेभलपमेण्ट प्रमुख रश्मिता बिष्ट तथा गुरु ट्राभल्स लिमिटेडकातर्फबाट प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले हस्ताक्षर गरेका हुन् ।
सम्झैताअनुसार एट्टिक रेस्टुरेन्टले गुरु ट्राभल्स लिमिटेडका कर्मचारी तथा ग्राहकलाई सुलभ दरमा सेवा प्रदान गर्ने र गुरु ट्राभल्स लिमिटेडले एट्टिक रेस्टुरेन्ट र ग्राहकहरुलाई सुलभ दरमा विशिष्टीकृत सेवा उपलब्ध गराउने छ । साथै दुई संस्थाबीच सामाजिक अभियान तथा संस्थागत सामाजिक क्रियाकलापहरुमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट अघि बढ्ने सहमति पनि भएको छ । सम्झैता पत्र हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका कर्मचारीहरु सहभागी रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
सम्झैता पत्रमा हस्ताक्षरपछि एट्टिक रेस्टुरेन्टका बिजिनेस डेभलपमेण्ट प्रमुख रश्मिता बिष्टले नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । विष्टले आगामी दिनमा थप कार्यक्रममा पनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै, विष्टले गुरु ट्राभल्स लिमिटेडका साथमा व्यावसायिक ज्ञान तथा अनुभवको आदानप्रदानबाट पर्यटनजस्तो अथाह सम्भावना बोकेको क्षेत्रमा सहकार्य गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन सकिने अपेक्षा राखे ।
प्रतिक्रिया