पोखरियाका मेयरलाई विद्यार्थीहरूले बुझाए ध्यानाकर्षण पत्र

पर्सा । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ पोखरिया बजारमा रहेको जिल्ला उचांगल रामदेव कलवार माध्यमिक विद्यालयका विद्यार्थीहरुले मेयर प्रधुमन चौहानको ध्यानाकर्षण गराएका छन् । विद्यालयमा विद्यमान विभिन्न् समस्या समाधानको लागि विद्यार्थीहरुले मेयरकाे ध्यानाकर्षण गराएका हुन् ।कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सोमबार नगरपालिकाको कार्यालयमै पुगेर मेयर प्रधुमन चौहानलाई भेटेर उनीहरुले ११ बुँदे मागसहितको ध्यानाकर्षाणपत्र पनि बुझाएका छन् ।

विद्यालयमा विद्यार्थीहरुसंग अनाधिकृत भर्ना र मासिक शुल्क लिने गरिएको, शिक्षकहरु नियमित रुपमा नआउने गरेको, विद्यार्थीहरुसंग शिक्षकहरुले असल व्यवहार नगरेको, विद्यालयमा व्यवस्थित शौचालय नभएको, शौचालयमा छात्राहरुका लागि सेनेटरी प्याड नराखिएको, छात्राहरुका छुट्टै शौचालय नभएको लगायतका समस्या सहितको ध्याानाकर्षणपत्र उनीहरुले मेयर चौहानलाई बुझाएका हुन् ।

सोमबार नगरपालिकाको कार्याालयमा पुगेर मेयर चौहानलाई भेट्ने टोलीमा कक्षा ११ र १२ का विद्यार्थीहरु सागर कुमार, रोहित कुमार, विजय कुमार, अजय कुमार, हृदेश कुमार आलोक कुमार, मनोहर कुमार, नीरज कुमार लगायतको सहभागीता थियो ।

प्रतिक्रिया