चितवन । समालोचक तेजविलास अधिकारीद्वारा लिखित नयाँ कृति ‘उत्प्रेक्षण’ मुक्तक संग्रह’ सार्वजनिक भएको छ । कुरिनटारस्थित प्रगति पाठशालामा उक्त कृतिको बागमती प्रदेशसभा सदस्य सांसद कृष्णप्रसाद सिलवाल, आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष एवं आँबुखैरेनी वाङमय परिषद्का अध्यक्ष अनिले श्रेष्ठ, कवि कृष्णप्रसाद पोखरेल, समाजसेवी ध्रुवराज त्रिपाठी, इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष एकराज शर्मा, सामाजिक अभियन्ता सावित्री गुरुङ, लेखकस्रष्टा तेजविलासलगायत कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिले एकसाथ विमोचन गरे ।
साहित्यकार एवं कवि कृष्णप्रसाद पोखरेलको सभापतित्वमा भएको सो कार्यक्रममा परिषद्का अध्यक्ष अनिल श्रेष्ठले तेजविलासका मुक्तकले समाजका विकृति र बेथितिमाथि बोलेको बताए । उनले भने, ‘मुक्तकले समाजलाई प्रगतिशील बाटोमा लैजान मद्दत पु¥याएका पाइन्छ ।’ यस्तै, कार्यक्रममा समाजसेवी ध्रुवराज त्रिपाठी, इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष एकराज शर्मा, सामाजिक अभियन्ता सावित्री गुरुङ लगायतले प्रकाशित कृतिबारे चर्चा गरेका थिए । कार्यक्रममा ‘उत्प्रेक्षण’ माथि टिप्पणी गर्दै समालोचक सदर्शन कट्टेलले समाजको गतिलाई सही ढंगले चित्रण गरेको बताए ।
उनले राजनीति, विकृति र विसंगतिको पाटोमा मुक्तककारको कलम कोरिएको सुनाए । कार्यक्रममा स्रष्टा तेजविलासले आफूले साहित्य क्षेत्रमा पाइला टेक्ने क्रममा उत्साह थप्ने अभिभावकप्रति धन्यवाद दिए । सो कार्यक्रममा इच्छाकामना गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ३ का वडाध्यक्ष नरबहादुर नेपाल, समाजसेवी एवं युवा नेतृ सावित्रा सिलवाल, अग्रज शैक्षिक व्यक्तित्व गोविन्दप्रसाद पौडेल, लेखकका पिता मधुविलास अधिकारी, समाजसेवी उषा त्रिपाठी, रामप्रसाद अधिकारी, रामकृष्ण पौडेल, रामप्रसाद रेग्मी, शिव पौडेल, राम थापा, प्रगति पाठशालाका प्रिन्सिपल टंकप्रसाद त्रिपाठी लगायतको उपस्थिति रहेको थियो । ईश्वरी अधिकारीले सञ्चालन गरेको कार्यक्रममा विन्दु अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
प्रतिक्रिया