काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त अध्यक्ष राजकुमार गुरूङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
फाइनान्सको सञ्चालक समितिको बैठकले अध्यक्षमा नियुक्त गरेका गुरुङले नेपाल राष्ट्र बैंक, गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक आर्या जोशीबाट पदको शपथ ग्रहण गरेका हुन् ।
अध्यक्ष गुरुङले आफ्नो कार्यकालमा पोखरा फाइनान्स लिमिटेडलाई ग्राहकको रोजाइको फाइनान्स बनाउने र सेयरधनीलाई उच्च प्रतिफल दिन प्रतिवद्ध रहने बताए ।
प्रतिक्रिया