काठमाडौं । स्टार हस्पिटल लिमिटेडले आईपीओ जारी गर्ने निर्णय गरेको छ । अस्पतालले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतामा हस्पिटलका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
स्टार हस्पिटल लिमिटेडले ४० करोड सेयर पुँजी बराबरको एक सय रुपैयाँ अंकित दरका ४० लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । करिब ६९ करोड चुक्ता पुँजी भएको हस्पिटलसँग २५ प्रतिशत अग्राधिकार सेयरसहित ८५ करोड चुक्ता पुँजी रहेको अवस्थामा यो निष्कासनसँगै केही संस्थागत लगानीकर्ता, बीमा कम्पनी, प्राइभेट इक्विटी कम्पनी तथा निजी संस्थागत लगानीकर्तासमेतको गरी चुक्ता पुँजी दुई अर्ब भन्दा माथि हुने बताइएको छ ।
प्रतिक्रिया