काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित सूर्या हेल्थ केयरबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात बैंकका कार्डबाहक र मोबाइल बैंकिग ग्राहकले सूर्या हेल्थ केयरमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिग माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले आफ्ना १८८ शाखा, १४८ ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिग ईकाईबाट १६ लाख ४८ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया