काठमाडौं । व्रेक थ्रु लाईफ र कस्मो इभेन्टस्को संयुक्त आयोजनामा काठमाडौंमा एक दिने एमबिए विजनेस वर्कसप ट्रेनिङ कार्यक्रम सम्पन्न भएको छ । विभिन्न पेशा व्यवसायीको सहभागितामा कार्यक्रममा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन बागमती प्रदेशका आर्थिक माामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले गरेका थिए,भने नविल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली विशेष अथिति थिए । १२० जना व्यवसायी तथा विभिन्न व्यवसायिक प्रतिष्ठानका प्रतिनिधि सहभागी कामर्यक्रमको प्रमुख प्रशिक्षकको रुपमा भारतका ख्यातीप्राप्त मोटिभेसनल स्पिकर विजनेस कोच तथा लेखक राजेश अग्रवाल रहेका थिए ।
कार्यक्रममा विभिन्न बैंक तथा वित्तिय संस्था र व्यवसायिक प्रतिष्ठानका प्रतिनिधिको उपस्थिति रहेको व्रेक थ्रु लाईफका अध्यक्ष सन्तोष लामाले बताए । उनले भने, ‘व्यवसाय वृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरेका हौं, उल्लेख्य सहभागिता रह्यो । फेरिपनि यस्ता कार्यक्रम गर्दै जाने बताए ।’
उक्त कार्यक्रममा लामाले दोस्रो उनको पुस्तक अल्टिमेट सेक्रेस वफ सक्सेस राजेश अग्रवालका साथ लेखेर बजारमा ल्याउने जानकारी सहित पुस्तकको कभर समेत प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया