काठमाडौं । गायिका शर्मिला तामाङको नयाँ गीति कोसेली ‘याद आउँछ आउँदैन’ को भिडियो बजारमा आएको छ । गीतको भिडियो गायिका तामाङको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गायिका शर्मिला र गायक प्रकाश तामाङ टिटुङको युगल स्वर रहेको गीतमा शब्द रचना तथा संगीत गायिका शर्मिलाकै रहेको छ । मनिष लामाले संगीत संयोजन गरेको गीतलाई सरगम स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा राजेश श्रेष्ठको रेकर्डिङ र अर्पण थिङको मिक्सिङ रहेको छ । सह–कोरियोग्राफी अमर रावल र सरिता प्रजापतिको मेकअप रहेको छ । मनोज कार्कीले सम्पादन गरेको गीतको भिडियो प्रकाश खड्काले खिचेका हुन् । भिडियोमा दिलिप ओखेडा, संचिता बोलाखे, साजन गुरुङ र दिपिका थापाको अभिनय छ । गीतको शब्दमा मौलिकपनको मूल्यांकन गर्दै भिडियो पनि सोहीअनुरुप तयार गरेर बजारमा ल्याएको गायिका शर्मिलाको भनाइ छ ।
प्रतिक्रिया