रौतहट । संविधान दिवस २०८० को अवसरमा देशैभरीका कैदीहरूको कैद मिनहा हुने क्रममा रौतहट कारागारमा रहेका कैदी बन्दीहरूको कैद मिनहा गरिएको छ । हरेक वर्ष रिहा भए झैँ यस वर्ष पनि केही कैदी बन्दी छुटेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा बाँकी कैद मिनहा भएपछि उनीहरू छुटेका हुन् । रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी एवं कारागार कार्यालय गौर रौतहटका प्रमुख मनिभूषण साहले दिएको जानकारी अनुसार रिहा हुने ८ जनाले ५० प्रतिशत कैद भुक्तान गरेका छन् भने दुई जनाले ४० प्रतिशत कैद भुक्तान गरी छुटेका हुन् ।
प्रमुख साहका अनुसार जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ४ निवासी सवारी ज्यान मुद्दाका दिपेश प्रसाद साह , मौलापुर नगरपालिका ७ निवासी सवारी ज्यान मुद्दाका लालमोहर शर्मा, चन्द्रपुर नगरपालिका– ३ निवासी
कर्तब्य ज्यान मुद्दाका राजनकुमार, चन्द्रपुर नगरपालिका–४ निवासी चोरी मुद्दाका दिपेश भन्ने खर्कबहादुर पीठाकोटे रहेका छन् ।
त्यस्तै चन्द्रपुर नगरपालिका– ६ निवासी बहुविवाह मुद्दाका जीतबहादुर भुलन, बहुविवाह मुद्दाकै कविता भन्ने पूर्णकुमारी फुयाँल, गाैर नगरपालिका– १ निवासी सवारी ज्यान मुद्दाका ओमप्रकार कुमार महतो भनिने सोनुकुमार महतो, गौर नगरपालिका– ९ निवासी डाँका मुद्दाका प्रेमशंकर यादव रहेका छन् ।
यसैगरी कुटपिट अंगभंग मुद्दाका सर्लाही, बलरा ३ निवासी प्रदीप मिश्र र कर्तब्य ज्यान मुद्दाका महोत्तरी गाउँपालिका–५ की सुमित्रा देवी रिहा भएको साहले जानकारी गराए ।
गौर कारागारमा अहिले कैदीबन्दीहरुमा पुरुष कैदीहरूको संख्या १८८ जना ,पुरुष थुनुवाको संख्या १७० जना, महिला कैदीहरुको संख्या १४ जना, महिला थुनवाको संख्या ५ जना, आश्रित बालबालिका– २ जना, छुट संख्या २ जना गरी जम्मा ३७९ जना जेल सजाय काटिरहेको कारागार प्रमुख साहले जानकारी दिए ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया